Logo
१३ चैत्र २०८२, शुक्रबार

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति नभएको प्रशासनको भनाइ

अक्षरपाटी
२०८२ चैत्र ४ , बुधबार ०१:०३ मा प्रकाशित

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा बुधबार हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। ुहेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो, तर मानवीय क्षति नभएको जानकारी आएको छ,’ उनले भनिन्।

उनका अनुसार अवतरणका बेला सन्तुलन गुम्दा हेलिकोप्टर क्षतिग्रस्त भएको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दुर्घटना हेलिकप्टर