Logo
१६ वैशाख २०८३, बुधबार

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमानले आफैंमाथि पनि चलाए बन्दुक

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ०९:०३ मा प्रकाशित

धनगढी । कैलाली को गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक युवकले श्रीमतीको गोली हानी हत्या गरेका छन् भने आफैंलाई पनि गोली चलाएका छन्।

प्रहरीका अनुसार अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरमाथि गोली प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार दम्पतीबीच भएको विवादपछि उनले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीको हत्या गरेका हुन्।

घटनापछि रामबहादुरले सोही बन्दुकले आफैंमाथि पनि गोली हानेका थिए। घाइते अवस्थामा रहेका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतक संजिताको शव घटनास्थलमै राखिएको छ। माइती पक्ष आएपछि मात्रै शव उठाइने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।