Logo
२१ भदौ २०८३, आईतबार

वैदेशिक रोजगारमा रहेकालाई साेपानको आईपिओ

अक्षरपाटी
२०८२ चैत्र ९ , सोमबार १०:०३ मा प्रकाशित

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गते साेमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीका लागि छुट्याएको हो।

इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन्। यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपिओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ।

आईपिओ सोपान फर्मास्यूटिकल्स