Logo
१२ चैत्र २०८२, बिहीबार

बागलुङ–२ का नागरिकलाई बी एन्ड बी अस्पतालमा २० प्रतिशत छुट सम्झाैता

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०८:०३ मा प्रकाशित

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सोम शर्माले आफ्नो क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि पहल थालेका छन्।

नागरिकलाई स्तरीय अस्पतालमा स्वास्थ्य सेवा सहज र सुलभ बनाउने उद्देश्यसहित उनले महत्त्वपूर्ण पहल अघि बढाएका हुन्।

सांसद शर्माको पहलमा बी एन्ड बी अस्पतालले अब उप्रान्त बागलुङ–२ का नागरिकका लागि उपचार सेवामा न्यूनतम २० प्रतिशत छुट लागू गर्ने भएको हो। साथै, विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि थप सहुलियतको व्यवस्था समेत गरिने सम्झाैता भएको छ।

सांसद शर्माले यस सहकार्यले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले अस्पताल प्रशासन तथा सहकार्यमा समन्वय गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

प्रभावकारी कार्यान्वयनका लागि सम्पर्क व्यक्ति

साे सहमतिको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तिनिधिहरूलाई सम्पर्क व्यक्तिका रुपमा समेत तोकिएको छ।

ढोरपाटन नगरपालिकाका दीपक घर्ती, ताराखोला गाउँपालिकाका गणेश चालिसे, गलकोट नगरपालिकाका राजेन्द्र पुन, तमानखोला गाउँपालिकाका लवन शेर्पाली, बडिगाड गाउँपालिकाका सुनिता बिक तथा निसीखोला गाउँपालिकाका दोर्ण गौतमलाई आवश्यक समन्वय गर्न सम्पकर्क व्यक्तिका रुपमा तोकिएको हो।

यस पहलले बागलुङ–२ का नागरिकलाई उपचारमा राहत मिल्ने र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

बागलुङ–२ बी एन्ड बी अस्पताल सांसद सोम शर्मा