Logo
१२ चैत्र २०८२, बिहीबार

नेटवर्क समस्या समाधानका लागि बाग्लुङ–२ का सांसद टेलिकममै पुगे

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं । बाग्लुङ–२ का जनताले झेल्दै आएको माेबाइल नेटवर्कको समस्या समाधानका लागि नवनिर्वाचित सांसद सोम शर्मा टेलिकमको केन्द्रीय कार्यालयमै पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका शर्मा नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली पुगेर सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका हुन्।

भेटमा सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा फोरजी सेवा विस्तार गर्न र दुर्गम तथा पर्यटकीय क्षेत्रहरूमा सञ्चार पहुँच बढाउन विशेष ध्यान दिन आग्रह गरे।

विशेषगरी बुकीपाटन र गुर्जाघाट जस्ता पर्यटकीय स्थलमा बीटीएस जडानका लागि पहल गरिएको जनाएका छन्।

उनको पहलले बाग्लुङ–२ का स्थानीय बासिन्दा तथा पर्यटकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकम बाग्लुङ–२ सोम शर्मा