Logo
१३ चैत्र २०८२, शुक्रबार

बालेनलाई संसदीय दलको नेता बनाउन आज रास्वाको केन्द्रीय समिति बैठक

अक्षरपाटी
२०८२ चैत्र १२ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडाैं। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह देशकाे इतिहासमा सबैभन्दा कान्छाे प्रधानमन्त्रीका रुपमा शपथ लिँदैछन्।

उनले सपथ लिनुअघि पार्टीको संसदीय दलले उनलाई नेता छान्नुपर्ने हुन्छ। त्यसका लागि छलफल गर्न आज दिउँसो रास्वपाको केन्द्रीय समिति बठैक बस्दैछ।

दिउँसाे ४ बजे पार्टीको केन्द्रीय मुख्यालय बनस्थलीमा बस्न लागेको बैठकले संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्ने बताइएको छ।

चुनावमा जाँदा नै पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको थियो। उनैलाई प्रधानमन्त्रीका रुपमा शपथ गराउने सम्पूर्ण तयारी समेत भइसकेको छ।

बालेनलाई संसदीय दलको नेता चयनका लागि बैठक बसेर निर्णय हुने पार्टी स्रोतले जनाएको छ।

आज दिउँसाे २ बजे नवनिर्वाचित सांसदहरूले शपथ लिएलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन्।

बालेन शाह रवि लामिछाने रास्वपा