



काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङले आफ्नो पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक दुवै प्रकारको समर्थन गर्ने नीति लिएको बताए।
उनले प्रतिपक्षमा रहेर पनि जनहितमा गरिएका सकारात्मक कामहरूमा पूर्ण समर्थन गर्ने र सरकारका त्रुटिहरूमा कडाइका साथ आवाज उठाउने बताए।
शपथ लिन सिंहदरबारस्थित संसद भवन पुगेका साम्पाङले संसदमा आफूहरू नयाँ भएकाले सिक्नुपर्ने धेरै विषय रहेको स्वीकार गर्दै जिम्मेवारी बोध अझ बढेको बताए। ‘हामी जनताको अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध छौं, सिक्नुपर्ने धेरै छ’, उनले भने।
श्रम संस्कृति पार्टीले जनमुखी नीतिहरूलाई प्राथमिकता दिँदै संसदभित्र र बाहिर दुवै ठाउँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने पत्रकारहरुसँग बताए।
श्रम संस्कृति हर्कराज साम्पाङ



