



काठमाडाैं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा सांसदहरुले शपथ लिएका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन्।






