



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाहलाई चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले संसदीय दलको नेता शाहलाई चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
यस निर्णयसँगै शाहको नेतृत्वमा रास्वपाले सरकार गठन गर्ने बाटाे खुला भएको छ।
संसदीय दलको नेताका रूपमा चयन भएसँगै शाह प्रधानमन्त्री बन्ने पक्का भएको हो।
शाहको चयनले पार्टीभित्र एकता र स्पष्ट नेतृत्व स्थापित भएको संकेत मिलेको नेताहरूले बताएका छन्।
बालेन्द्र शाह रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी



