Logo
१५ चैत्र २०८२, आईतबार

ओली–लेखक पक्राउबारे रविन्द्र मिश्रले प्रतिक्रिया दिँदै भने : ‘नियतिको खेल’

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार ०६:०३ मा प्रकाशित

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयलाई लिएर राप्रपा नेता रविन्द्र मिश्रले ‘नियतिको खेल’ भन्दै प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले ठिक एक वर्षअघि चैत १५ गते आफू, धवलशमशेर राणा लगायतलाई ओली र लेखककै आदेशमा ‘फोकटमा हिरासतमा राखिएको’ दाबी गरेका छन्।

उक्त घटनासँग सम्बन्धित चारवटा मुद्दा आफूहरुले अझै खेपिरहेको उनले उल्लेख गरेका छन्। हिरासतमा रहेकाे तस्विरसहित सहित उनले प्रतिक्रिया दिएका हुन्।

मिश्रले एक वर्षमै समय र परिस्थिति बदलिएको भन्दै अहिले ओली र लेखक नै आफूहरूलाई राखिएको जिल्ला प्रहरी परिसरमा पुगेको बताएका छन्।

उनले न्यायालयमा हस्तक्षेप बन्द गर्न आग्रह गर्दै ‘दूधको दूध, पानीको पानी छुट्टियोस्’ भन्दै निष्पक्ष छानबिन र कानूनी प्रक्रियालाई स्वतन्त्र रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

रविन्द्र मिश्र