Logo
१९ वैशाख २०८१, बुधबार

कांग्रेस नेता कोइरालाले भने : म राजालाई कहिल्यै पूर्वराजा मान्दिन

अक्षरपाटी
२०८० असार २ , शनिबार ०१:०६ मा प्रकाशित

काठमाडौं २ असार। नेपाली कांग्रेसका नेता शेखरले राजालाई कहिल्यै पूर्वराजा नमान्ने बताएको प्रशंग राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेका छन्।

नेता कोइरालासँगको भेटको प्रसंगबारे सामाजिक सञ्जालमा लेख्दै मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा कुराकानी भएको उल्लेख गरेका छन्।

संवादका क्रममा कोइरालाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा मिश्रले उल्लेख गर्दै लखेका छन्,‘म राजा (ज्ञानेन्द्र शाह)लाई कहिल्यै पूर्वराजा भन्दिनँ नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दू राष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् राजा!’

संवादपछि मिश्रले कोइरालाको यो भनाइ सार्वजनिक गर्न सक्छु भन्दै अनुमति मागेको प्रसंग पनि उल्लेख गरेका छन्।

उनले भन्छन्, ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ जवाफमा कोइरालाले भनेको भन्दै उल्लेख गरिएको छ, ‘किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’

रविन्द्र मिश्र शेखर कोइराला