Logo
१५ चैत्र २०८२, आईतबार

देउवा निवाश भत्काउन राेक, देउवा परिवारकाे सम्पत्तिमाथि अनुसन्धान सुरु

अक्षरपाटी
२०८२ चैत्र १५ , आईतबार १२:०३ मा प्रकाशित

काठमाडाैं। प्रमाण नष्ट हुने भन्दै प्रहरीले बुढानिलकण्ठस्थित भत्काइँदै गरेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भग्नावशेष निवाश भत्काउने कार्यमा रोक लगाएकाे छ।

जेनजी आन्दाेलनका क्रममा आगजनीबाट खण्डहर भएको देउवा निवाश भत्काउने कार्य भइरहेकाे थियो।

सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आश‌कामा पूर्वप्रधानमन्त्री देउवा र उनकाे परिवारका सदस्यको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेकाे छ। त्यसक्रममा उनका परिवारका सदस्यहरु समेत सम्पत्ति विवरण संकलन भइरहेको बताइएको छ।

यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। स्रोतका अनुसार पछिल्लो एक-डेढ वर्षमा जयवीर देउवाले किनेको ७६ राेपनी जमिनकाे विवरण शंकलन गरिएको छ।

त्यस्तै देउवाको नजिकका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले बतायो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता, नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालिन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारबारे पनि छानबिन भइरहेको उच्च स्रोतले बताएको छ।

यी सबै प्रमाण नष्ट हुनसक्ने भन्दै सरकारको उच्च तहको निर्देशनबाटै देउवा निवाश भत्काउने कार्यमा राेक लगाइएकाे बताइएको छ । यद्यपि उक्त घरजग्गा बिक्री गरिएको हल्ला बाहिर आएको छ।

आरजु राणा शेरबहादुर देउवा सम्पत्ति छानविन