Logo
९ वैशाख २०८३, बुधबार

हवाई भाडा चाैपट्टै चर्को : काठमाडाैंबाट धनगढीभन्दा दिल्ली उड्न सस्तो

अक्षरपाटी
२०८२ चैत्र १९ , बिहीबार ०१:०४ मा प्रकाशित

काठमाडाैं। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थलगायत हवाई इन्धनको मूल्य अकासीयकाे छ।

पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धनको मूल्य बढाउनुपरेकाे नेपाल आयल निगमले बताउँदै आएको छ।

तर यसको मार सर्वसाधरणले अचाक्ली खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो छ। इन्धनको मूल्य वृद्धि भएपछि हवाई सेवा प्रदाय कम्पनीले स्वतः मूल्य समायोजन गरेको बताउँदै आएका छन्।

उसो त भारतमा पनि हवाई इन्धनको मूल्य दोब्बरभन्दा बढी अकासीयकाे छ। तर तेपालका हवाई यात्रुलेजस्तो अचाक्ली मूल्य भने त्यहाँ कायम गरेको देखिँदैन।

नेपालमा भने हवाई टिकटको मूल्य दोब्बरभन्दा बढी वृद्धि गरिएको छ। उदाहरणका लागि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको सेवा नभएकाे काठमाडाैं-धनगढी ४८० किलोमिटरका लागि हवाई टिकटको मूल्य बुद्ध एयरलाइन्सले २ अप्रेलको दिन २२ हजार २६९ रुपैयाँ ४५ पैसासम्म कायम गरेका छन्। जबकी मूल्यवृद्धि हुनुअघि निजी कम्पनीहरुले ७ हजार ८०० मा सस्तो टिकट भन्दै यात्रु ओसार्ने गरेको थियो।

जबकी नेपाल एयरलाइन्सले २ अप्रेलको दिन काठमाडाैंबाट दिल्लीको हवाई भाडा १९ हजार ४८१ मात्र कायम गरेको छ। सरकारी स्वामित्वको कम्पनीले धनगढीभन्दा ४० मिनेट थप समय र ८१५ किलोमिटर दुरीको यात्राका लागि १९ हजार हवाई भाडा तोक्दा निजीले भने नेपाल भित्रै त्योभन्दा चर्को मूल्य उठाइरहेका छन्।

काठमाडाैंबाट पोखरा होस, नेपालगञ्ज वा भद्रपुर होस कि भैरहवा। अब आम नागरिकले आपतकालिन अवस्थामा हवाई यात्रा गर्ने कुरा पहुँच बाहिर बन्दै गएको छ। सामान्य परिवारको मानिसलाई उपचार वा आपतकालीन अवस्थामा हवाई सेवा लिनुपर्याे भने उपचार वा अन्य प्रयोजनको रकम अब हवाई टिकटमै सकिने गुनासो सर्वसाधारणको छ।

एकातर्फ सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक सेवा प्रदान नगर्नु र अर्कोतर्फ हवाई सेवा प्रदायक सिमित निजी कम्पनीको बोलवाला भएकै कारण विपतको समयमा झन अचाक्की मूल्य असुल्ने शिलशिला नयाँ भने होइन्।

नयाँ बनेको बालेन नेतृत्वको सरकारले सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई घरेलु मैदानमा आम नागरिककाे पहुँचयोग्य बनाएर हवाई क्षेत्रको मनोमानी कम गरिदिनुपर्ने अपेक्षा आम नागरिकमा देखिन्छ।

नेपालमा सञ्चालित निजी हवाई सेवा प्रदायक कम्पनीहरुले दसैं-तिहार, बाढीपहिराे र विपद्को समयमा यसरी नै मूल्यवृद्धि गर्ने गरेको गुनासो भने नयाँ होइन्।

आपत विपतका बेला हवाई सेवा प्रदायकहरुले यसरी मूल्य असुल्नाले दूरदराजका बिरामीहरु लाई काठमाडाैं आएर उपचार गर्नुपर्ने अवस्थामा उपचारको पैसा भाडामै सकिने गुनासो गर्ने गरेका छन्।

हवाई भाडा