Logo
७ वैशाख २०८३, सोमबार

पेट्रोल अब लिटरकै २०२ रुपैयाँ, मध्यरातदेखि मूल्य बढ्यो

अक्षरपाटी
२०८२ चैत्र १९ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडाैं । नेपाली बजारमा अब पेट्रोलियम पदार्थको भाइ छाेइनसक्नु भएको छ। शुक्रबार मध्यरातबाट लागु हुनेगरी पेट्रोल लिटरमा १५ रुपैयाँ बढेर २०२ पुगेको हो।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल सबैमा प्रतिलिटको १५ रुपैयाँका दरले मूल्य बढाएको हो।

मूल्यवृद्धिपछि तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा १८७ रुपैयाँ थियो। यहाँ यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ थियो भने अब उपभाेक्ताले १८२ रुपैयाँ तिर्नुपर्ने छ।

दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोल प्रतिलिटर १८६ रुपैयाँ थियो अब २०१ रुपैयाँ लिटर पुगेको छ। त्यहाँ डिजेल/मट्टितेल प्रतिलिटर १६६ रुपैयाँमा बिक्रि गरिँदै आएकोमा अब अब १८१ रुपैयाँ पुगेको छ।

यस्तै पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल/मट्टितेलको मूल्य अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ।

निगमले यो तीन सातामा तेस्रोपटक मूल्य बढाएको हो। मध्यपूर्वमा बढिरहेको तनावका कारण मूल्य बढेर आएको भन्दै नेपालमा हप्तैपिच्छे मूल्य बढाइन थालेको हो।

पेट्रोलियमको मूल्यवृद्धिको असर यातायात, ढुवानी हुँदै भान्सासम्म अकासीयको छ। जसले आम नागरिकलाई जीवन निर्वाहमै मुस्किल हुँदै गएको गुनासो बढिरहेको छ।

सरकारको १०० कार्यसूचीमा मूल्यवृद्धि नियन्त्रणको ढोस योजना भने समेटिएको छैन।

नेपाल आयल निगम