



धनगढी । कैलाली वितरक संघ धनगढीको चौथो वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
संघका अध्यक्ष सिद्धराज पनेरुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै नयाँ नेतृत्व समेत चयन गरिएको हो।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै, विशिष्ट अतिथिमा नेपाल वितरक महासंघका कोषाध्यक्ष मदन राज न्यौपाने र अतिथिको रूपमा लम्की वितरक संघका अध्यक्ष पुष्पराज ढकाल लगायत विभिन्न वस्तुगत संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा संघले सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएबापत मानव सेवा आश्रम, धनगढी, दृस्टी फाउन्डेसन, कैलाली, आमाको माया, धनगढी र निङ्लाशैनी गुरुकुल, कैलाली लगायतका संस्थाहरूलाई नगद ५ हजार एक सय रुपैयाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ।

यसैगरी, सर्वाधिक रक्तदाता दिपक प्रसाद उपाध्याय, संघका सल्लाहकार पदम राज भट्ट र जंगबहादुर वोगटीलाई पनि विशेष सम्मान गरिएको थियो।
संघका कानुनी सल्लाहकार इन्द्र प्रसाद लेखक संयोजक रहेको निर्वाचन समितिले महेन्द्र कुमार सिंहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
नयाँ कार्यसमितिबाट अध्यक्षमा महेन्द्र कुमार सिंह, उपाध्यक्षमा भरत खड्का र खेम कुमार चन्द, महासचिवमा यमराज प्रसाद भट्ट, सचिवमा बम बहादुर कुँवर, कोषाध्यक्षमक प्रमीला भण्डारी चयन भएका छन्।
यस्तै सदस्यहरूमा तारा प्रसाद जोशी, सिद्धराज भट्ट, मान सिंह साउँद, भुवनेश्वर भट्ट, राकेश कुमार गुप्ता, तेजेन्द्र बहादुर बोहरा, लक्ष्मण सिंह, प्रमीला पाठक, केशव पनेरु, दिनेश ढकाल र दीपेन्द्र बहादुर सिंह निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले संघको विधान २०७९ बमोजिम निर्विरोध निर्वाचित भई आगामी दिनमा वितरकहरूको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





