



काठमाडौं। लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियोख सार्वजनिक गरिएको छ ।
भरत डीसीको शब्द तथा खेमराज गौत्तमको लय सिर्जनमा रहेको गीतमा प्रेमील जोडिको प्रेमका रंगहरुलाई परम्परागत दोहोरी शैलीलाई आधुनिक प्रस्तुतीसँग जोड्दै तयार गरिएकाे हो।
आफनी मायालुले बोलाएपछि प्रेमीको प्रतिक्षामा भेटन आतुर भएको कुरा गीत मार्फत ब्यक्त गरिएको छ।
बुद्ध थापाको छायाँकन, राज कुमार मगरको सम्पादन तथा मुकेश नेपालीले कोरियो निर्देशन भिडियोमा गरेका छन। ‘बस्ने भो पिरती दोहोरै’ गीतको भिडियोमा विजय पुन र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ।
https://www.youtube.com/embed/D2HVtmqi4ZE?si=ylHcnNi1_VuD870s
गायिका बिन्दु परियार रामजी खाँड



