Logo
३० वैशाख २०८३, बुधबार

विमानस्थलमा तीन जना मात्रै विदाइ र स्वागतमा जान पाउने

अक्षरपाटी
२०८२ चैत्र २७ , शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब स्वागत र विदाइ गर्न तीन जना मात्रै जान पाउने भएका छन्।

भीडभाड बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भीड नियन्त्रण गर्न यात्रु स्वागत तथा बिदाइका लागि आउने आफन्तजनको संख्या सीमित गर्ने भएको हो।

कार्यालयका अनुसार हाल विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढेसँगै यात्रुहरूको चाप पनि निकै बढेको छ।

एक जना यात्रुको स्वागत वा बिदाइका लागि दशौं आफन्तजनसम्म विमानस्थल पुग्ने चलनका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको कार्यालयले जनाएको छ।

यसरी हुने भीडभाडले सुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुनुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा र विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परेको जनाइएको ले संख्या तोक्नु परेको कार्यालयले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )