Logo
३० वैशाख २०८३, बुधबार

कैलालीमा जाल्पादेवी केबलकारको निर्माण सुरु

अक्षरपाटी
२०८३ वैशाख २ , बुधबार ०३:०४ मा प्रकाशित

धनगढी । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले केबलकारको टावर नम्बर १३ को शिलान्यास गरी जडानका लागि पोल ठड्याउने कार्य मंगलबारदेखि सुरु गरिएको हो। केवबलकार चिसापनीदेखि पर्यटकीय क्षेत्र राजकाँडासम्म पुग्ने योजना छ।

सिभिल ईन्जिनियरिङ्गको काम सम्पन्नको चरणमा पुगेकोले अब इलेक्ट्रो मेकानिकलको काम बैशाख १ गतेबाट सुरु भएको जाल्पादेवी केबलकार आयोजनाका स्टेशन म्यानेजर हरिओम खड्काले जानकारी दिए। उक्त केवलकारमा कुल १४ टावर रहने बताइएको छ।

केवरकार कैलालीको लम्कीचुहाँ नगरपालिका र मोहन्याल गाँउपालिकामा रहेको छ। आयोजनालाई आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

जाल्पादेवी केबलकार

ट्रेन्डिङ ( साप्ताहिक )