



रुपन्देही। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाएका संरचना हटाउने काम सुरु गरेकाे छ।
नगर प्रहरीले सडक किनार र पैदलयात्रुका लागि बनाइएको फुटपाथ अवरोध हुने गरी बनाइएका टहरा, स्टल तथा अस्थायी संरचनाहरू हटाउन सुरु गरेको हो।
सडकलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरले जनाएको छ। फुटपाथमा राखिएका सामग्रीका कारण पैदलयात्रुहरूलाई हिँडडुलमा समस्या हुनुका साथै सवारी आवागमनमा समेत अवरोध भएकाले नगरपालिकाले कडाइ गरेको जनाएको छ।
अभियानका क्रममा बाटो छेकिने गरी राखिएका सामानहरू समेत हटाइएको छ। नगर प्रहरीले अतिक्रमण दोहोरिएमा थप कडा कारबाही गरिने जनाएको छ।
अतिक्रमण हटाउने क्रममा महानगर प्रहरीले पसलभित्रै पसेर जबरजस्ती सामान फालेको गुनासो गरेका छन्। उपमहानगरले भने नियमविपरीत राखिएका सामग्री मात्र हटाइएको दाबी गरेको छ।
फुटपाथ बुटवल



