Logo
१२ वैशाख २०८३, शनिबार

कथाकार पाण्डेयको ‘किनार’ पाठकको हातमा

अक्षरपाटी
२०८३ वैशाख १२ , शनिबार ०७:०४ मा प्रकाशित

काठमाडौं । साहित्यकार पुष्पराज पाण्डेय ‘पसेली’द्वारा लिखित कथासङ्ग्रह ‘किनार’ पाठकमाझ आएको छ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीस्थित पारिजात प्रेक्क्षालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गाैतम, लेखक तथा समीक्षक राजकुमार बानियाँ, समीक्षक तथा विश्लेषक अनुपमा रेग्मी र पुस्तककका सम्पादक शुभाषचन्द्र भण्डारीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

‘किनार’ कथासङ्ग्रहले समकालीन समाजका विविध यथार्थ, मानवीय संवेदना र जीवनका किनारमा छुटेका विषयलाई कथामा बुनिएको टिप्णी गरिएको थियो।

लेखक पाण्डेयले आफू तीन दशकदेखि साहित्य सिर्जनामा लागे पनि आख्यानका रुपमा यो पहिलो कृति भएकाले पाठककाे मनमा गोल गर्न सके ताली र गर्न नसके सिटी बजाएर समर्थन गरिदिन आग्रह गरे।

शिखा बुक्सले प्रकाशन गरेको कृति ‘किनार’को विमोचन समारोहमा साहित्यकार, समालोचक तथा पाठकहरूको बाक्लो उपस्थिति रहेको थियो।