



काठमाडौं। सार्वजनिक यातायातको भाडा पुन: बढेको छ। यातायात व्यवस्था विभागले डिजेलको मूल्य वृद्धि भएसँगै ५ प्रतिशतले भाडा बढाउन अनुमति दिएको हो।
भाडा वृद्धि अन्तरप्रदेश यातायात र मालबहाक सवारीमा लागू हुने विभागले जनाएको छ।
विद्युतीय सवारीसाधनले भाडा बढाए कारबाही हुने विभागले चेतावनी दिएको छ।
बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ।




