Logo
२० वैशाख २०८३, आईतबार

नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन

अक्षरपाटी
२०८३ वैशाख २० , आईतबार ०८:०५ मा प्रकाशित

धनगढी । नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिको गठन गरिएको छ। 

प्रदेशस्तरीय भेलाले सुरेश सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको प्रथम उपाध्यक्षमा सुरेश पाठक, द्वितीय उपाध्यक्षमा चन्द्र सिंह धामी चयन भएका छन् भने महासचिवमा दिपक धामी रहेका छन्। 

सचिवमा उमेशदत्त बडू, र कोषाध्यक्षमा रङ्गमान रावल चयन भएका छन्।यस्तै, सह–कोषाध्यक्षमा धर्मराज जोशी रहेका छन्।त्यसैगरी सदस्यहरूमा पवनप्रसाद पन्त, सन्तोष भट्ट, सन्तोष बोहरा, देव सिंह विक, सन्तोषराज जोशी, करुणाकर पन्त, तर्कराज जोशी, शेरबहादुर रावत, उमेश चौधरी,दानसिंह महर, हर्कसिंह कुँवर, लोकराज ओझा र दीपक जाग्री चयन भएका छन्।

नवगठित समितिले प्रदेशभर मोबाइल व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। साथै, व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र नीतिगत सुधारका लागि सक्रिय भूमिका खेल्ने जनाइएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )