



काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। आज सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी १७५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहँदै आएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रति औँस ४ हजार ६३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति औँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनचाँदी



