



काठमाडौं। गायक अनिस लिम्बू र शान्ती श्री परियारको ‘छल गर्यो मायाले’ बोलको गीत सार्वजानिक भएको छ।
गीतमा गहिरो माया प्रेमका कुराहरु दर्शाउन खोजिएको छ। लेक बेसी र गैरी खेतमा धान, गहुँ काट्दा लगाइने माया प्रेमलाई शो गीतको म्युजिक भिडियोमा देखाउन खोजिएको छ।
गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द संगीत मनिपाल राईको रहेको छ।
भिडियो तर्फ चर्चित सिरियल जुठेका अभिनेत्री जुनकिरी मैया साव ‘सरीता ढुङ्गाना’ र अर्जुन खड्काको लिड नृत्य रहेको छ।
भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ। बिसाल थापाले छायाँकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।
खगेन्द्र गीरीको कोरियोग्राफीमा बिजय मगरले निर्देशन गरेका छन्।
अनिस लिम्बू शान्ती श्री



