Logo
९ जेठ २०८३, शनिबार

सहकारी बैंकको सातै प्रदेशमा मतदान हुँदै

अक्षरपाटी
२०८३ जेठ ९ , शनिबार ०१:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका लागि भइरहेको निर्वाचनका क्रममा सातै प्रदेशमा मतदान सुरु भएको छ।

बागमती प्रदेशमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ भने अन्य प्रदेशमा मतपत्र प्रयोग गरिएको छ।

बागमती प्रदेश सञ्चालक पदका लागि परितोष पौड्याल र रामशरण शर्मा घिमिरे प्रतिस्पर्धामा छन। अन्य प्रदेशका सञ्चालक भने सर्वसम्मत चयन भएका छन्।

राष्ट्रिय सहकारी बैंकमा मुलुकभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध रहेका छन्।

बैंकको गत मंसिरमा सम्पन्न २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधिको सहभागिता रहेको थियो। तिनै प्रतिनिधिले मतदानमार्फत बागमती प्रदेशको सञ्चालक चयन गर्दैछन्।

प्रदेशगत रूपमा बैंकका प्रतिनिधिको संख्या हेर्दा बागमतीमा ३ हजार ४९७, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ तथा सुदूरपश्चिममा २९७ जना प्रतिनिधि रहेका छन्।

सहकारी बैंक