



काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन्।
लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ।
गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको र समयसँगै त्यो रङ्गीन फोटो सादा हुँदै गएको प्रसंगलाई निकै घतलाग्दो गरी प्रस्तुत गरिएको छ।
‘रङ्गीन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो…’ भन्ने बोलमार्फत प्रेमीको निष्कपट प्रेम र समर्पणलाई व्यक्त गरिएको छ। गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत जुगल डंगोलको संगीत संयोजन छ।
गीतको भिडियोमा सुरेश कोली र रश्मी गुरुङले अभिनय गरेका छन्। उनलाई बाल कलाकार काफिया प्रिले साथ दिएका छन्। पहाडको थुम्को, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई निकै जीवन्त बनाएको छ ।
गीत



