Logo
१५ जेठ २०८३, शुक्रबार

आगामी आर्थिक वर्षको कूल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा सो आकारको बजेट प्रस्तुत गरेका हुन्।

चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

आगामी वर्षका लागि कुल विनियोजन बजेटमध्ये चालुतर्फ १२  खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत रहेकाे छ, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६३ करोड १९.९ अर्थात प्रतिशत रुपैयाँ रहेको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ६१ अर्ब ६४ करोड उठाइने अनुमान गरिएको छ । बाँकी ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत उठाइने छ । 

त्यसका लागि आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र बाह्य ऋणबाट दुई खर्ब ४७ अर्ब २८ करोड व्यहोरिने अर्थमन्त्री वाग्लेले बताए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट

ट्रेन्डिङ ( साप्ताहिक )