



काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि चिनिया राजदूत चाङ माउ मिङले आज शिष्टाचार भेटघाट गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल र चीनबीच स्वास्थ्य क्षेत्रमा सहयोग, आपसी सम्बन्ध तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा दुवै पक्षले स्वास्थ्य सेवा प्रवर्द्धन, जनस्वास्थ्यका साझा चुनौतीहरूको समाधान तथा स्वास्थ्य पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ।
चिनिया राजदूत मन्त्री निशा मेहता


