



काठमाडौं । मुस्ताङस्थित कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।
भन्सार छली गरी भित्र्याइएको आशंकामा जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट बुधबार राति ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैबीच नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
कोरोला नाका विद्युतीय गाडी


