Logo
२५ जेठ २०८३, सोमबार

रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान, गगन नजाने

अक्षरपाटी
२०८३ जेठ २५ , सोमबार ०७:०६ मा प्रकाशित

काठमाडाैं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सोमबार बिहानका लागि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठकमा बस्ने भएको छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ।

लामिछानेले बोलाएको उक्त सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भने नजाने भएका छन्।

गगन थापा रवि लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )