



नयाँ दिल्ली । भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ।
केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।
यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले हस्ताक्षर गरिसकेको उनले बताए।
गडकरीका अनुसार सरकारले गरेको यो निर्णयले भारतको पेट्रोलियम पदार्थ आयातमा निर्भरता घटाउनुका साथै यातायात क्षेत्रबाट हुने प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने छ।
उनले आगामी छ हप्ताभित्रै विभिन्न अटोमोबाइल कम्पनीहरूले पूर्ण रूपमा इथेनॉलबाट चल्ने सवारी साधन भारतीय बजारमा ल्याउने तयारी गरिरहेको बताए।
उनका अनुसार टोयोटा, सुजुकी, एमजी मोटर र हुन्डाईजस्ता प्रमुख कम्पनीहरूले १०० प्रतिशत इथानोल प्रयोग गर्न सक्ने नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारी पूरा गरिसकेका छन्। यसबाट उपभोक्ताले पेट्रोलको बढ्दो मूल्यबाट राहत पाउने अपेक्षा गरिएको छ।
इथानोल


