Logo
१७ साउन २०८३, आईतबार

बजारबाट सयभन्दा बढी नक्कली उत्पादन नियन्त्रणमा

अक्षरपाटी
२०८३ साउन १७ , आईतबार ०१:०८ मा प्रकाशित

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि अनुगमन तीव्र पारिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको हो।

हाल ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्री–वितरण रोक्न निर्देशन दिएकी छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटाले अहिले पनि बजारमा केही नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग आफैं नियमित रूपमा बजार अनुगमनमा सक्रिय रहेको बताए।

उनका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

बरामद गरिएका कैयौं सामग्री सञ्चार सेलेब्रिटी, कलाकारदेखि समाजका लब्ध प्रतिष्ठित व्यक्तिद्वारा विज्ञापन गराइएका वस्तुहरू समेत रहेका छन्।

बरामद गरिएका कैयौं सामग्री सञ्चार सेलेब्रिटी, कलाकारदेखि समाजका लब्ध प्रतिष्ठित व्यक्तिद्वारा विज्ञापन गराइएका वस्तुहरू समेत रहेका छन्।

साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।