Logo
१८ साउन २०८३, सोमबार

व्यवसायी मुन्दडाको घरमा एकाबिहानै खानतलासी, पाँच घन्टापछि फर्कियो प्रहरी

अक्षरपाटी
२०८३ साउन १८ , सोमबार ११:०८ मा प्रकाशित

मोरङ। बिहान करिब ४ बजे प्रहरीले मोरङका व्यवसायी प्रकाश मुन्दडाको घर र अफिसमा खानतलासी सुरु गर्यो।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष समेत रहेका मुन्दडाको निवास र कार्यालयबाट प्रहरीले करिब साढे ५ घन्टासम्म खानतलासी गरेको बताइएको छ।

मुन्दडाको विराटनगर-७ स्थित घर र कार्यालयमा घर वरपर सर्वसाधारणको आवतजावत र सवारीसाधन सञ्चालन रोक लगाएर खानतलासी गरेको थियो। अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सो अपरेसनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए। उद्योगी मुन्दडाले अवैध रूपमा नगद राखेको आशंकामा खानतलासी गरिएको प्रहरी स्रोतको भनाइ छ। तर प्रहरीले मन्दडाको घरबाट नगद वा अन्य सामग्री बरामद नभएको जनाएको छ।

प्रकाश मुन्दडा प्रहरी खानतलास