


काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्प्ररोतले जानकारी दिएको छ।
धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साह यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उनी कुशल व्यवस्थापक र निगमलाई नजिकबाट बुझेको व्यक्तिका रुपमा चिनिन्छ।
कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले साउन १७ गते साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
साह दुई महिनाअघि मात्रै नेपाल आयल निगमबाट अवकाश प्राप्त भएका कर्मचारी हुन्। उनको नेतृत्वमा अहिले बजारमा देखिएको ग्यास अभाव लगायत समस्या समाधान हुने विश्वास गरिएको छ।
उनलाई आजै निगममा स्वागत गरिएको छ भने उनले आजै पदभार सम्हालेका छन्।
नागेन्द्र साह नेपाल आयल निगम

