Logo
२९ साउन २०८३, शुक्रबार

प्रभु बैंक र ससःत्वा हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता

अक्षरपाटी
२०८३ साउन २९ , शुक्रबार ०५:०८ मा प्रकाशित

काठमाडौं । कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट सेन्टर बिजनेश सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससःत्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल तथा सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि दुवै पक्षले समझदारीपत्र आदानप्रदान गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ससःत्वा हस्पिटालिटीमा उपलब्ध खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। छुट सुविधा लिन ग्राहक तथा कर्मचारीले बैंकको वैध परिचयपत्र देखाउनुपर्नेछ भने बिल भुक्तानी प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकले उपलब्ध गराएको अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ।

सम्झौताले प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय आतिथ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउनुका साथै ससःत्वा हस्पिटालिटीको सेवा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रभु बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ नेपालभर बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार हाल देशभर ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रभु बैंक ससःत्वा हस्पिटालिटी

ट्रेन्डिङ ( साप्ताहिक )