Logo
२९ असोज २०८३, बिहीबार

बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी बाढीपछि सम्पर्कविहीन

अक्षरपाटी
२०८३ भदौ १० , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । रसुवामा आएको बाढीपछि बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।

रसुवामा आएको अचानकको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

सम्पर्कविहीन सशस्त्र प्रहरीको खोजी तथा उद्धारका लागि थप प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

रसुवा सम्पर्कविहीन