Logo
१० भदौ २०८३, बुधबार

नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द, क्षतिको यकिन विवरण आउन बाँकी

अक्षरपाटी
२०८३ भदौ १० , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण रूपमा बन्द गरिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीले धादिङअन्तर्गत राजमार्ग क्षेत्रसमेत प्रभावित पारेपछि दुवैतर्फबाट सवारी आवागमनमा रोक लगाइएको हो।

बाढीको प्रभाव थप क्षेत्रमा फैलिन सक्ने अवस्था रहेकाले सुरक्षाका दृष्टिले सडक बन्द गरिएको प्रहरीले जनाएको छ। बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भएका छन्।

बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौं उपत्यकाबाट विपद् व्यवस्थापनमा खटिने प्रहरी टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको डीआईजी काफ्लेले बताए।

भोटेकोशी नदी सडक बन्द

ट्रेन्डिङ ( साप्ताहिक )