Logo
११ भदौ २०८३, बिहीबार

भोटेकोशी बाढी : उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार ०८:०८ मा प्रकाशित

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोर्डिनेसन सेन्टर (RCC) मार्फत २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।

ती हेलिकोप्टरहरू बिहान ६:३० बजेदेखि नै आवश्यकताअनुसार तत्काल परिचालित गरिने छन्। बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने सरकारले जनाएको छ।

सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने बताइएको छ।

आपत्कालीन उद्धार तथा राहत आवश्यक परेको स्थानबारे जानकारी भए सेतु प्रणाली मार्फत रिपोर्ट गर्न आग्रह गरिएको छ।

नागरिकले https://setu.ndrrma.gov.np मा गएर उद्धार तथा राहतसम्बन्धी सूचना उपलब्ध गराउन सक्नेछन्।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखिएको छ। आजबाट पीडितको व्यवस्थापनको लागि पनि युद्ध स्तरमा काम भइरहेको बताइएको छ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन राज्यका सबै संयन्त्रहरूलाई परिचालन गरेको जनाएको छ।

उद्धार तथा राहत भोटेकोशी बाढी

ट्रेन्डिङ ( साप्ताहिक )