


काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४ हजार ७८० रुपैयाँमा झरेको छ।
सुनचाँदी

