



नुवाकोट । कतार एड र कतार च्यारिटीको आर्थिक सहयोगमा गैरसरकारी संस्था हिल नेपालले नुवाकोटका बाढी प्रभावित परिवारलाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।
जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटमा आयोजित कार्यक्रममा १ हजार २४० घरधुरीलाई खाद्य सामग्री र १३० घरधुरीलाई गैरखाद्य सामग्री वितरण गरिएको हो।
खाद्य सामग्रीमा चामल, दाल, तेल, चिउरा, नुन, बिस्कुट, चाउचाउ, सुक्खा फलफूल र जीवनजल छन्। गैरखाद्य सामग्रीतर्फ ब्ल्याङ्केट, त्रिपाल, डोरी, म्याट्रेस, सोलर लाइट तथा स्वास्थ्य–सरसफाइ सामग्रीसहितको डिग्निटी किट प्रदान गरिएको छ।
हिल नेपालका कार्यकारी निर्देशक उमेश भण्डारीले विपद्को कठिन समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न संस्थाको सहयोग निरन्तर रहने बताए।
राहत हिल नेपाल

