Logo
२४ भदौ २०८३, बुधबार

पाँच दिनमै एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउँदै

अक्षरपाटी
२०८३ भदौ २४ , बुधबार ११:०९ मा प्रकाशित

नुवाकोट। नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ।

नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ।

छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद व्यक्त गरेका छन्।

उनले बाढीका कारण पीडामा रहेका नुवाकोटवासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरेका छन्।

बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए।

पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )