



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई मानवीय मामिला (Humanitarian Affairs) सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन्।
भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि नियुक्त गरिएको हो।
भोटेकोशी बाढीपछि मानवीय राहत, विपद् व्यवस्थापन तथा पुनर्स्थापनासम्बन्धी मन्त्रालयका काममा सहयोग पुर्याउने उद्देश्यले उनलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो अनुभव रहेका पराजुलीको विज्ञताबाट विपद् जोखिम न्यूनीकरण तथा मानवीय सहायता व्यवस्थापनमा मन्त्रालयको काम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

