Logo
६ असोज २०८३, मंगलबार

प्रधानमन्त्री शाह अमेरिका जाँदै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अक्षरपाटी
२०८३ असोज ६ , मंगलबार ०२:०९ मा प्रकाशित

प्रधानमन्त्री शाहले असोज ८ मा सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको दैनिक कार्य सञ्चालन गर्ने गरी अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाह आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। उनी संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका छ। उनको अनुपस्थितमा अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह

ट्रेन्डिङ ( साप्ताहिक )