Logo
७ असोज २०८३, बुधबार

प्रधानमन्त्री अमेरिका पुगेको दोस्रो दिन राष्ट्रपतिसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको भेट

अक्षरपाटी
२०८३ असोज ७ , बुधबार १२:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्नुअघि उनको सिफारिसमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका वाग्लेले अर्थ मन्त्रालयसँगै रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेका छन्।

प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेलगत्तै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका वाग्ले र राष्ट्रपतिबीच भएको भेटलाई नियमित शिष्टाचार भेटका रूपमा लिइएको छ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। उनको अनुपस्थितिमा सरकारका नियमित कार्यसम्पादन र प्रशासनिक जिम्मेवारी कार्यवाहक प्रधानमन्त्री वाग्लेले सम्हाल्नेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रपति रामचन्द्र पौडेल

ट्रेन्डिङ ( साप्ताहिक )