Logo
२१ असोज २०८३, बुधबार

महाधिवेशनको चौथो दिन : के-के हुँदैछ?

अक्षरपाटी
२०८३ असोज २१ , बुधबार १०:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ।

आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ। मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने छन्।

आज उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ छ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आज दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ।