


काठमाडाैं। मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख सहयोग गरेको छ।
केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्।
विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।


