Logo
३ कात्तिक २०८३, सोमबार

यसपालि दसैँमा आज पनि महाअष्टमीकै कर्म

अक्षरपाटी
२०८३ कात्तिक ३ , सोमबार १०:१० मा प्रकाशित

काठमाडौं। यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन अर्थात् आज कात्तिक २ गते पनि महाअष्टमीकै पूजा तथा धार्मिक कर्म दोहोर्‍याइने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन अष्टमी परेको हो। त्यसैले आज पनि पूजा कोठा तथा दसैँघरमा महाअष्टमीकै विधिअनुसार पूजा–आराधना गर्नुपर्ने समितिले जनाएको छ।

धर्मशास्त्रविद्का अनुसार आज नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा गरिनेछ। तिथि वृद्धिका कारण यसपालिको नवरात्र १० दिनको बनेको छ। यसैबीच, हनुमानढोका दरबारमा भने कालरात्रि पूजा आज राति गरिने भएको छ। तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष पूजा, आराधना तथा तान्त्रिक अनुष्ठान गर्ने परम्परा छ।

बडादसैँ महाअष्टमी