Logo
३ कात्तिक २०८३, सोमबार

नबिल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

अक्षरपाटी
२०८३ कात्तिक ३ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाटै क्रेडिट सुविधा उपलब्ध गराउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।

असोज २९ गतेदेखि सञ्चालनमा आएको उक्त कार्ड एनबैंक एपमार्फत आवेदन दिएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ। योग्य ग्राहकले एपको होमपेजमा देखिने ‘अप्लाइ नाउ’ विकल्पमार्फत कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार आफ्नै डेटामा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृत गरिने छ। भर्चुअल कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमा आधारित भुक्तानी गर्न सकिनेछ।

यस सेवाका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिसबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले शाखामा पुग्नुपर्ने झन्झट हटाउँदै ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड ल्याइएको बताए।

नबिल बैंकले हाल २६२ शाखा र ३१६ एटिएममार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा उपयोग गरिरहेका छन्।

नबिल बैंक