Logo
३ कात्तिक २०८३, सोमबार

केवल लामाको गीत ‘पुरानो घाउ बल्झेछ’

अक्षरपाटी
२०८३ कात्तिक ३ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौँ । सामाजिक सन्जालमा लोकप्रिय भैसकेको सर्जक केवल लामाको शब्द ,संगीत र निर्माणमा रहेको गीत ‘पुरानो घाउ बल्झेछ’को भिडियो सार्वजनिक गरिएको छ। हालै एक कार्यक्रम गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

द भ्वाईस अफ नेपाल सिजन १ मा प्रतिस्पर्धाबाट चर्चा कमाएका गायक राजु तामाङको स्वरमा रहेको गीतमा कुशल सिंहको एरेन्ज रहेको छ। गीतको रिएरेन्ज भने आमोश तामाङले गरेका हुन्।

कार्यक्रममा संगीतकार सचिन सिंह,सुनिल मास्केले केवल लामाले बिदेशी भूमीमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए। केवल लामाको कथा, कन्सेप्ट र निर्देशक युवराज वाईबाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा बिना राउत, विजय लामा, रुकमान लिम्बु लगायतले अभिनय गरेका छन्।