Logo
३० भदौ २०८३, मंगलबार

आइपिएल आजबाट,पहिलो खेल चेन्नई र बैंगलोरबीच

अक्षरपाटी
२०८० चैत्र ९ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौँ, ९ चैत। विश्व फ्रेन्चाइज क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं संस्करण शुक्रबार (आज)बाट सुरु हुँदैछ। उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच राति ८:१५ मा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपाक) मा हुनेछ।

प्रतियोगिताको उद्घाटन समारोह भने साँझ ६:४५ मा सुरु हुनेछ। प्रतियोगिताको फाइनल सम्भवत २६ मेमा हुन सक्ने जनाइएको छ। प्रतियोगितामा १३ देशका २ सय ४१ खेलाडी विभिन्न १० फ्रेन्चाइज टिममा रहेर प्रतिस्पर्धा गर्दैछन्। जहाँ १ सय ६१ भारतीय खेलाडी रहेका छन्।

सम्भवत ६६ दिन चल्ने प्रतियोगितामा १० टिमबीच भिडन्त हुनेछ। भारतमा हुने आमनिवर्वाचन (लोकसभा) का कारण अहिले सुरुवाति २१ खेलको मात्र खेल तालिका सार्वजानिक गरिएको छ। तालिका अनुसार ७ अप्रिलससम्म खेल हुनेछ। त्यसपछि बाँकी खेल तालिका सार्वजानिक गरिने बिसिसीआइले जनाएको छ।